जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बीमाङ्क रकम रू २५,००,०००। (अक्षरेपि पच्चिस लाख रुपैंया मात्र) बराबरको बीमा गर्नुभएका श्री हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको छ ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।
कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभयो । वहाँले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिनुभयो ।
निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।

12055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?