जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ५६ करोडभन्दा बढी

महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ५६ करोडभन्दा बढी

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा बैंकको खुद नाफा गत वर्ष ७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष ७३ करोड २९ लाख १६ हजार रुपैयाँ नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा ६७ दशमलव ७९ प्रतिशत सञ्चालन नाफा गरेको बैंकको खुद व्याज आम्दानी भने सामान्य प्रतिशत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब ५६ करोड ७३ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै अघिल्लो वर्ष ६० करोड ९९ लाख ४६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष १ अर्ब २३ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ४ प्रशित र कर्जा प्रवाह २ प्रतिशत बढी भएको छ ।

अघिल्लो वर्ष ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले गत वर्ष ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै अघिल्लो वर्ष २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष ३० अर्ब १० करोड ६३ लाख ७४ हजार रुपैयाँ प्रवाह गरेको छ ।

अघिल्लो वर्षभन्दा यस वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष २ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ३२ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष ९ दशमलव ९५ प्रतिशत रहेको बैंकको आधार ब्याजदर भने गत वर्ष ७ दशमलव २८ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ९३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६४ दशमलव ७५ रुपैयाँ रहेको छ ।

5860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?