जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको अधिकांश सूचकमा बृद्धि हुँदा नाफा मात्र ४२ प्रतिशतले बढ्यो

गरिमा विकास बैंकको अधिकांश सूचकमा बृद्धि हुँदा नाफा मात्र ४२ प्रतिशतले बढ्यो

गरिमा विकास बैंकले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा आइपुग्दा बैंकले ८२ करोड ५२ लाख रुपैँया मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७६/७७ को तुलनामा बैंकको नाफा ४२ दशमलव ९४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ७२ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आथिृक वर्षको सोही अवधिमा बैंकको वितरण योग्य मुनाफा ३४ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आर्थिक बर्षको अन्तिम सम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको तुलनामा बैंकको जगेडा कोषमा ४६ दशमलव ०४ प्रतिशतले संचिती बढी हो ।

समिक्षा अवधिमा बैंकको अधिकांश सुचकमा प्रगति देखिएको छ । त्यस्तै, बैंकले समिक्षा अवधिमा ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याद आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधीको तुलनामा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ३७ प्रतिशतले बढि हो । बैंकको सञ्चालन मुनाफा पनि अधिल्लो आर्थिक बर्षको तुलनामा ३८ दशमलव ३७ प्रतिशतले बृद्धि भई २ अर्ब ६५ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको अन्तिम सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको अन्तिम सम्ममा १७ रुपैयाँमा ८२ पैसामा सिमित थियो । त्यसैगरी, समिक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसाबाट बढेर १४४ रुपैयाँ १ पैसा कायम भएको छ ।

5725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका