जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

नाफाको नम्कली वित्तिय विवरण पटक÷पटक बनाएर डिपोजिटकर्ता, लगानीकर्ता, प्रमोटर र ४० लाख भन्दा बढि ग्राहकलाई ठगी गर्दै आएको एनआईसी एशिया बैंक नक्कली नोट विवादमा फसेको छ भन्दा अब फरक पर्दैन । प्रहरीले रोशन कुमार न्यौपाने सीइओ भएको एनआईसी एशिया बैंकको ट्याग लगाएको बैंक कर्मचारी सहि गरेको र बैंकको छाप लगाएको लाखौ लाख रकम बरामद गरेको छ भन्दा अब फरक पर्दैन । ग्राहक ठग्ने, ऋणीलाई उठिबास गराउने, राष्ट्र बैंकको आँखा छल्दै नक्कली वित्तिय विवरण बनाएर नाफा बढाउने, बीमा रकम बढाएर ग्राहक ठगी गर्दै आएको एनआईसी एशिया बैंकले नक्कली नोटको कारोबार गरेको भेटिएको छ । यो प्रहरीको छानवीनको घेराउमा पुगेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।

एनआईसी एशिया बैंक भित्र काण्डै काण्ड
सधैं विवाद, राष्ट्र बैंकको कारवाही भोग्दै आएको एनआईसी एशिया बैंक फेरि नक्कली नोट काण्डमा फसेको छ भन्दा अब फरक पर्दैन । ‘किस्ट बैंककै बाटोमा एनआईसी एसिया बैंक, दिनदिनै जोखिम उन्मुख’ भनेर हामीले २०७४ सालमा प्रकाशित गरेको यो समाचार आजका दिनमा सत्यसावितको दिशामा बढेको छ । भन्दा अब फरक पर्दैन । हामीले त्यतिबेला मिडिया क्याप्चर गरेर गलत कुरा ढाकछोप गरेको, बैंकमा सुशासन, नीतिरयोजनामा कमजोर देखिएको, कमजोर विश्लेषणमा आक्रमण बजार विस्तारले जोखिम निम्त्याएको, सञ्चालक समितिमै एक रुपता नहुनु, सुस्त र झन्झटिलो सेवा प्रणाली आदी कारण बैंकको जोखिम बढ्दै गरेको उल्लेख गरेका थियौं । गभर्नर साब हेक्का होस् । छानवीन होस् ।

कुनै बेला नेपालकै नम्बर एक बन्ने गरी बजार विस्तार गरेको “किस्ट बैंक” अहिले नाम निशाना समेत छैन । किष्ट बैंक अहिले प्रभु बैंकमा गाभिएर अस्तित्व बिहिन अवस्थामा छ । भोली एनआईसी एशिया बैंक किष्ट बैंक बन्ने अवस्थामा नआउला भन्न सकिन्न । गभर्नर साब हेक्का होस् । दिनदिनै संकट उन्मुख एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन वासल रिपोर्ट नै झुटो बनाएको पाइएको छ । ६० प्रतिशतमात्रै जोखिमभार भएको आवासीय घरजग्गामा बढी कर्जा देखाएर एनआईसी एसियाले आफ्नो वासेल रिपोर्टमा कृत्रिम सजावट गरेको भेटिएको थियो । यहि कारण बैंकका डिसीइओ लगायत दर्जनौ उच्च कर्मचारीले राजिनामा समेत दिएर गएको तथ्य सबै सामु छलङ्ग छ । गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एसिया बैंकको वासल रिपोर्टको अध्ययन तीब्ररुपमा अगाडि बढिरहेको बताए पनि कारवाही गर्न सकेका छैनन् । एनआईसी एसियाको विषयमा हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीको दाबी छ । यो झुट हो गभर्नरले नै फाइल लुकाएको राष्ट्र बैंकका एक संचालकको दाबी छ ।

विगतदेखि नै खराब कार्यमा एनआईसी एसिया बैंक !
एनआईसी एसिया बैंकले विगतदेखि जनतालाई झुक्याउने र ठग्ने कार्य गर्दै आएको छ । बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुलेको थियो । बैंकले सयौं धितोकर्ताको धितो मिलेमतोमा हडपेको थियो । त्यसो त बैंकले एक जना डाक्टरमाथि पनि ठगि गरेको देखिन्छ । बैंकले विगत लामो समयदेखि सेयरधनीलाई लाभांश नदिएर रित्तो हात पार्ने गरेको छ । बैंककै लापरबाहीका कारण सर्वसाधरण लाभांशबाट वञ्चित हुने गरेका छन् । डाक्टरमाथि नै एनआईसी एसिया बैंकको यस्तो छ ‘लुटधन्दा’ झनै डरलाग्दो छ । भन्दा फरक पर्दैन ।

गम्भीर अपराधमा जोडियो एनआईसी एशिया बैंक
पछिल्ला दिनमा चौतर्फी विवादित बन्दै आएको एनआईसी एसिया बैंक नक्कली नोट जस्तो गम्भीर अपराधमा पनि जोडिएको छ । सुनसरीबाट प्रहरीले बरामद गरेको एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला परेको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट बरामद भएको नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला पारेको छ भन्दा फरक पर्दैन । उक्त नक्कली नोटमा राखिएको ट्याग पनि नक्कली नै हो वा नक्कली नोटका कारोबारीले बैंकका कुनै शाखाबाट सो ट्याग ल्याए वा बैंकका कर्मचारीको यस विषयमा कुनै कनेक्सन छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । भन्दा फरक पर्दैन ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले भनाई छ । पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन् ।

सो नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग मात्रै प्रयोग भएको छैन, बरु बैंकको छाप र कर्मचारीले गर्ने सही पनि गरिएको छ । सो छाप र सही एनआईसी एशिया बैंकका कर्मचारीको हो वा होइन भन्ने विषयमासमेत प्रहरीले अनुसन्धान गरिरहेको देखिन्छ । शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले भनाई छ । पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन् । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको देखिन्छ ।

राष्ट्र बैंकबाट यसअघि नै एनआईसी एशिया बैंक कारबाही

राष्ट्र बैंकको निर्देशनविपरीत काम गरेपछि एनआईसी एसिया बैंकलाई यसअघि नै राष्ट्र बैंकले कारबाही गरिसकेको छ । गत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले नीति नियम विपरित काम गरेपछि राष्ट्र बैंकको एनआईसी एशिया बैंकलाई कारबाही गरेको थियो । एनआईसी एसिया बैंकल पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेकापछि कारबाहीमा परेको थिया । एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को ९८० मा उल्लिखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाही गरेको थियो । भन्दा फरक पर्दैन । यो लुट नभए के हो गभर्नर साब ? हेक्का होस् । एनआईसी एशिया बैंकलाई कहिले सम्म लुट गर्न दिने हो गभर्नर साब ?
यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएपनि बैंकले अहिले पनि राष्ट्र बैंकको निर्देशन पालना गर्ने गरेको छैन । भन्दा फरक पर्दैन ।

अब डुब्न सक्छ त एनआईसी एसिया बैंक ?
एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक बनेको छ । आक्रमण बजार बिस्तार गरेको बैंक घाटामा पुगेको देखिन्छ । यस्तो बेला बैंक क्रमश डुब्न सक्ने अर्थ क्षेत्रका जानकारहरु बताउँछन् । बैंकका कतिपय इन्डिकेटरहरु पछिल्ला दिनमा खराब देखिन थालेका छन् । यसले ४१ लाख भन्दा बढी बचतकर्ताको बचतको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सचेत भया ।

3025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका