जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो

नेपाल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो

नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कोष २९ प्रतिशतले बढाएर एक खर्ब १२ अर्ब पुर्याउन सफल भएको छ । बीमा कम्पनीहरु मध्ये सबैभन्दा अगाडि रहेको नेपाल लाइफले आफ्नो जीवन बीमा कोष थप बलियो बनाउदै आएको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा ८७ अर्ब २ करोड रुपैयाँ थियो ।

जीवन बीमा कोष २९ प्रतिशतले बढाउन सफल देखिए पनि गत वर्ष ५१ प्रतिशतले लाभांस दिएका कारण जगेडा कोष भने ७१ प्रतिशतले घटेको छ । कम्पनीको जगेडा कोष तीन अर्ब ५० करोड रुपैयाँबाट एक अर्ब एक करोड रुपैयाँमा झरेको हो । यस सँगै कम्पनीको लाभास दिन सक्ने क्षमता पनि घटेको छ । कम्पनीले २०७५/७६ को साधारणसभाबाट ३१ प्रतिशतले बोनस शेयर दिएर चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । पूँजीका हिसावले नेपाल लाइफ सबैभन्दा बलियो कम्पनी हो ।

कम्पनीले गत आर्थिक वर्षमा खुद मनाफा थोरैले मात्रै सुधार गर्न सकेको छ । यो अपरिष्कृत लेखापरिक्षण हो । बीमा कम्पनीहरुको एक्चुरियल मूल्याङ्कन पछि मात्रै वास्तविक मुनाफा सार्वजनिक हुन्छ । कम्पनीले गत वर्ष ५३ करोड ५९ लाख रुपैयाँ मुनाफा गरेको छ ।

कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा १०.३९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ४८ अर्ब ३८ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । बीमितलाई बीमालेख धितोमा राखेर प्रवाह गर्ने कर्जा पनि १४ प्रतिशतले बढाउन सफल भएको छ ।

कम्पनीले बीमालेख धितोमा राखेर मात्रै १९ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको व्यवस्थापन खर्च थप १.८७ प्रतिशलते घटेको छ । यस अवधिमा २४ करोड ३८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । विभिन्न क्षेत्रमा गरिएको कर्जा लगानी बाट हुने आम्दानी ३७ प्रतिशतले बढेको छ । कम्पनीले यस्तो आम्दानी ७ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै दाबी भुक्तानी पनि ४६ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ८ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्ष ५ अर्ब ९७ करोड रुपैयाँ थियो ।

अभिकर्ताले प्राप्त गर्ने कमिसन पनि १३ प्रतिशलते बढेको छ । अभिकर्ताहरुले यस अवधिमा तीन अर्ब ५५ करोड रुपैयाँ कमिसन बुझेका छन् । हाल कुल कायम बीमालेख संख्या ५ प्रतिशतले बढेर १३ लाख ८१ हजार वटा पुगेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ मात्रै छ ।

4005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका