जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको लाभांश प्रस्ताव

कृषि विकास बैंकको लाभांश प्रस्ताव

कृषि विकास बैंक लिमिटेडले यस वर्ष कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २६ गतेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २ प्रतिशत बोनस शेयर र कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकमा हाल कायम नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत बैंकको सञ्चालक समितिको बैठकले गरेको छ ।

हाल बैंकको चुक्तापूँजी रू. १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रहेको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

1975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका