जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सूर्या लाइफको जीवन बीमा कोष १० अर्ब नाघ्यो

सूर्या लाइफको जीवन बीमा कोष १० अर्ब नाघ्यो

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २३.०१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ३२ करोड ३२ लाख रुपैयाँ मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २७ लाख रुपैयाँ थियो ।

कम्पनीले गत आर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन क्रमश ४६.९७ प्रतिशत र ४७.०४ प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिमा सूर्या लाइफले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै कुल बीमा शुल्क आर्जन पनि ४ अर्ब २६ करोड रुपैयाँ छ ।

बीमा शुल्क लगायत अन्य सूचकमा भएको उल्लेख्य सुधार पछि जीवन बीमा कोष पनि ४३.५३ प्रतिशतले बढेको छ । जीवन बीमा कोष १० अर्ब ६६ करोड रुपैयँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ७ अर्ब ४२ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष पनि २५ प्रतिशतले बढेर ८३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

सूर्या लाइफले दिर्घकालिन लगानी तथा कर्जा १५ प्रतिशतले सुधार गरेको छ । यस्तो क्षेत्रमा ८ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै बीमालेख धितो कर्जा पनि यस वर्ष ५५ प्रतिशतले बढेको छ । कम्पनीले बीमालेख धितोमा राखेर बीमितहरुलाई एक अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ ।

गत वर्ष खुद दाबी भुक्तानी पनि ८२ प्रतिशतले बढेको छ । कम्पनीले ८१ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४४ करोड ५९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो । अभिकर्ताहरुले प्राप्त गरेको कमिसन पनि ३९ प्रतिशतले बढेको छ । यस अवधिमा अभिकर्ताहरुले ४८ लाख ५४ लाख रुपैयाँ कमिसन बुझिलिएका छन् । कुल कायम बीमालेख संख्या पनि ९ प्रतिशतले बढेर तीन लाख ३७ हजार ९२२ वटा पुगेको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ छ ।

4355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?