जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार सोमबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन भएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाइएको छ। यसतै, डिजेल र मट्टितेलमा प्रलिलिटर चार रुपैयाँ मूल्य बढाइएको छ।

हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले मूल्य बढाइएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर सात रुपैयाँले मूल्य बढाइएको छ।

समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६२ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गामा क्रमशः १६४ र १६५ रुपैयाँमा कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १४८ र १४९ रुपैयामा कारोबार हुनेछ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका