जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ५५ करोड भित्र्याएका तीन बैंकको निदहराम

५५ करोड भित्र्याएका तीन बैंकको निदहराम

भूपेन्द्र आचार्य । नेपाली ३ वटा बैंकले अजय राज पराजुली सुमार्गीको ५५ करोड भित्र्याएसँगै निदहराम भएको छ । लामो समयदेखि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको माओवादी व्यापारी अजय राज पराजुली सुमार्गी झिकेर ल्याएको ५५ करोड लिने प्राइम कमर्शियल बैंक, नेपाल वंगलादेश बैंक र महालक्ष्मी विकास बैंकमा राखेका थिए भने २५ करोड कर्जा एनबी बैंकको तिरेका थिए ।
सर्वोच्च अदालतका माननीय न्यायधिस दिपक राज जोशीको आदेश एकल इजलासले दिएको आदेशमा टेकेर व्यापरी सुमार्गीले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ७८ करोड पैसा झिक्न पुगे उनीले त्यस बैंकको २३ करोड कर्जा तिरे २५ करोड नेपाल बंगलादेश बैंकको कर्जा तिरे र बाँकी पैसा प्राइम बैंक र महालक्ष्मी विकास बैंकमा राखेको भोलीपल्ट सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधिस चोलेन्द्र सम्शेर राणा र न्यायाधिस डा. आनन्द मोहन भट्टराईको संयुत्तल इजलासले पैसा फिर्ता ल्याउने निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई तत्कालै पैसा फिर्ता ल्याउन पत्राचार नै गरि कडा निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।
हालका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गर्भनर रहेको बेला व्यापारी सुमार्गीको पैसा स्रोत नखुलेको देखिए पछि बैंकमै रोक्का राखिएको थियो ।
अच्चमको कुरा त के छ भने व्यापारी सुमार्गीले नेपाल इन्भेष्टमेन्ट बैंकलाई २३ करोड र एनवी बैंकलाई २५ करोड ऋण बुझाएर धितो नै फुकुवा गरेका छन् । अब यी बैंकले पैसा फिर्ता गर्न फेरि जग्गा धितो राख्नु पर्ने बाध्यता होला । अरु के के प्रक्रिया होला तर सुमार्गी यी प्रक्रियामा आउन तयार नभएकोले बैंकको उच्च कर्मचारीले बताए ।
सुमार्गीले ऋण तिरेको पैसा पुरानै अवस्थामा नेपाल इन्भेष्टमेन्ट बैंकमा ल्याउन सुमार्गीको स्वीकृती मात्रै आवश्यकता पर्दैन पुन लोनकै प्रक्रिया शुरु गर्नुपर्दछ होइन भने सुमार्गीले अरु बैंकबाट कर्जा लिई पैसा दिनु पर्दछ वा तिर्नु पर्दछ एक बैंकरले दावी गरे ।
एक बैंकरले भनेः – ऋण बुझाएका छन् । चेक दिएका छन् । हामीले धितो फुकुवा समेत गरेको अवस्था छ । अब हामी बैंकले पुरानै अवस्थामा पैसा फर्काउन गाह्रो मात्रै छैन । असम्भव सरह नै भएको छ नि ।
पछिल्लो समय एनबी बैंकमा कर्जा बुझाएको २५ करोड फिर्ता गर्न बैंकलाई सकस नै परेको देखिन्छ । पछिल्लो समय बैंकहरुमा चर्को तरलता अभावका बेला व्यापारी सुमार्गीले यी ४ बैंकलाई राहत मिलेको देखिन्छ । तर फेरि फिर्ता गर्नु पर्दा धितो फुकुवा गरेको बैंकहरुलाई सोझै समस्या पर्ने पस्टै छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट झिकिएको ७८ करोड नेपाली पैसा पुनः सो बैंकमा पु¥याउन बैंकहरुलाई सर्वोच्च अदालतको आदेश र राष्ट्र बैंकको निर्देशन भएपनि कानुनी जटिलता उत्पन्न भएको प्रस्टै देखिन्छ । उद्यमी सुमार्गीले मुक्ति श्री सिमेन्ट उद्योगको नाममा विदेशबाट ल्याएको पैसा स्रोत नखुलेको भन्दै नेपाल राष्ट्र बैंकले सम्पत्ती सुद्धिकरण अनुसार कारवाही हुनपर्ने माग दाबी सहित सर्बोच्च अदालतमा म्याकेटमा गरेको छ ।

9425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका