जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको नाफा ४.१२ अर्ब रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ पुग्दा अन्य सूचकमा कति प्रगति गर्यो ?

ग्लोबल आइएमइ बैंकको नाफा ४.१२ अर्ब रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ पुग्दा अन्य सूचकमा कति प्रगति गर्यो ?

ग्लोबल आइएमइ बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ४१.८७ प्रतिशत बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेर ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ, जगेडा कोष १२.१५ प्रतिशत बढेर ११ अर्ब ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र कर्जा २०.२६ प्रतिशत बढेर२ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैंकले उच्च ऋणका कारण १ अर्ब १८ करोड रुपैयाँ नोक्शानी ब्यवसथापन नै गर्नु परेको छ । बैंकको कस्ट अफ फण्ड ६.२१ प्रतिशतबाट ४.६६ प्रतिशतमा आएको छ । बैंकको आधार दर ८.४२ बाट ६।६ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ ।
समिक्षा अवधिसम्म वितरण योग्य मुनाफा ५९.३८ प्रतिशत बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ, नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेर १ अर्ब ५२ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३८.०५ प्रतिशत बढेर ५ अर्ब ८६ करोड २० लाख ७१ हजार रुपैयाँ, र कुल सञ्चालन मुनाफा १५.४९ प्रतिशत बढेर ११ अर्ब ८१ करोड २४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका