जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंक लिमिटेडले जेठ ११ गते मंगलबारदेखि बिक्री खुला गरेको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले निर्धारित समयमा ऋणपत्र बिक्री नभएपछि समय थपेर आज २६ गतेसम्म पुर्याइएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये बैंकले १६ लाख सामूहिक लगानीकोषसहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।

बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ ।

6485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका