जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नबिल बैंकले मार्यो फड्को, नाफा साढे ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी

नबिल बैंकले मार्यो फड्को, नाफा साढे ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी

नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ४८ करोड ७१ लाख ११ हजार रुपैयाँ, सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३६.२९ प्रतिशत बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ र कुल सञ्चालन मसनाफा २४.३२ प्रतिशत बढेर ११ अर्ब ३४ करोड ३३ लाख ८८ हजा रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी ३७.११ प्रतिशत बढेर १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष २३.६४ प्रतिशत बढेर १५ अर्ब २ कोड २७ लाख २८ हजार रुपैयाँ, निक्षेप १७.१२ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ र कर्जा ३३.८१ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा छ । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।

6270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका