जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारीसँग मर्जरमा रहेको एनसीसी बैंकका सेयरधनी धमाधम सेयर बिक्री गर्दै

कुमारीसँग मर्जरमा रहेको एनसीसी बैंकका सेयरधनी धमाधम सेयर बिक्री गर्दै

नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकका संस्थापक सेयरधनीहरु धमाधम सेयर बिक्री गरिरहेका छन् । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले संस्थापक समूहको १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

बैंकका ७ जना संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

बैंकको उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको एनसीसी बैंकका सेयरधनीहरु भने बाहिरिने भएका हुन् । कुमारी बैंक र एनसीसी बैंकबीच पुस १७ गते एकीकृत कारोबारको मिति तय भएको छ ।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?