जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयर घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयर घोषणा

पछिबाट सञ्चालनमा आएको बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको सोमबार साँझको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो ।

१८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिइने कम्पनीले जनाएको छ । त्यस्तै सो बोनस सेयरमा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्तालाई कुल ५.२६३२ प्रतिशत लाभांश कम्पनीले दिन लागेको हो । यसै वर्ष आईपीओ जारी गरेको ‍कम्पनीले पहिलो पटक सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ छ ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका