जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले दुसित थानीमा १५ प्रतिशतसम्म छुट पाउने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले दुसित थानीमा १५ प्रतिशतसम्म छुट पाउने

 नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले दुसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरूलाई आकर्षक छुट दिलाउन बैंकले दुसित थानी हिमालयन रिसोर्टसँग सम्झौता गरेसँगै ग्राहकहरूले लाभ पाउने भएका हुन् ।नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलबिच भएको सम्झौता बमाजिम बैंकका ग्राहकहरूले फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । 

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा पनि हेर्न सकिने बैंकले जनाएको छ ।

2720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका