जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको एसजिएम भदौ १५ गते, सहारालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने

गरिमा विकास बैंकको एसजिएम भदौ १५ गते, सहारालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने

गरिमा विकास बैंक लिमिटेडले भदौ १५ गते विशेष साधारण सभा गर्ने भएको छ । बैंकको साउन २१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने जनाएको छ ।

विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित हुनेछ । सभामा सञ्चालक समितिले निर्धारण गरेको १ बराबर १ को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।

सभामा प्राप्ति पछि गरिमा विकास बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

5570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?