जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा विकास बैंक लि. आर्थिक वर्ष २०७५/२०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।

बैंकका प्रबन्धक  दिमश अमात्यलाई अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकले आ.व. २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो । आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

8805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका