जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

नेपाल राष्ट्र बैंक र त्रिभुवन  विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान  कार्यमा सहकार्य गर्ने समझदारी भएको छ ।  गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबार बैंकमा आयोजित कार्यक्रमकाबीच उक्त समझदारी भएको हो ।

सझदारीपत्रमा  बैंकका तर्पmबाट जनशक्ति व्यवस्थापन विभागका  का.मु. कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा  त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका  प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र  व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका  पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्पmका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने  प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । साथै, बैंकमा  उपलब्ध हुने इन्टर्नसिपको अवसरमा  विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई  प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै यो  सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण  उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।  आउँदा दिनमा यस्तो सहकार्यलाई विस्तार गर्दै  जानुपर्ने आवश्यकतामा समेत उनले जोड दिए ।

कार्यक्रममा का.मु.कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध÷अनुसन्धान  कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा  पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत  सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे ।  साथै, बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तो  सहकार्य गर्ने बैंकको नीति रहेको जानकारी उनले दिए ।

कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका  प्रमुख प्रा.डा.अधिकारीले उक्त समझदारीसँगै  विश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर  अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसै गरी, व्यवस्थापन केन्द्रीय विभागका  प्रमुख प्रा.डा. गौतमले बैंक र विश्वविद्यालयबीचको  समझदारीलाई परिणाममुखी बनाउनुपर्ने  आवश्यकता औंल्याए ।

कार्यक्रममा डेपुटी गभर्नरद्वय डा.नीलम  ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, गभर्नरको  कार्यालयका कार्यकारी निर्देशक डा.नेफिल मातङ्गि मास्केलगायत बैंकका अन्य अधिकारीहरूको  उपस्थिति रहेको थियो ।

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?