जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफलका लागि भदौ १६ गते बुक क्लोज गर्ने

सनराइज फस्ट म्युचुअल फण्डको प्रतिफलका लागि भदौ १६ गते बुक क्लोज गर्ने

सनराइज फस्ट म्युचुअल फण्डले प्रस्ताव गरेको ५० प्रतिशत प्रतिफल प्रयोजनका लागि भदौ १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १५ गतेसम्म कायम शेयरधनीहरु मात्र फण्डको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यस फण्डले ८ करोड ६० लाख इकाई विक्री गरेको हो । असार मसान्तसम्म यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूूल्य रू. १९ दशमलव २१ रहेको छ । यस अवधिसम्म फण्डले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा गरेको छ ।

7515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका