जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • व्यवसाय गर्न सेयरधितो कर्जाको सीमा लागू हुन्न, बैंकलाई दबाब दिन थालेपछि लगाम लगाइएको होः गभर्नर

व्यवसाय गर्न सेयरधितो कर्जाको सीमा लागू हुन्न, बैंकलाई दबाब दिन थालेपछि लगाम लगाइएको होः गभर्नर

व्यवसाय गर्न चाहनेका लागि राष्ट्र बैंकको सेयर धितो कर्जा सम्बन्धी पछिल्लो नीतिले कुनै असर नपार्ने गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।

मार्जिन प्रकृतिको कर्जामा कसैले व्यवसाय गर्न चाहन्छ भने राष्ट्र बैंकले तोकेको ४ र १२ करोडको सीमाले नछुने उनले जानकारी दिए । शुक्रबार नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले अहिले पनि सेयर धितोमा कर्जा लिएर व्यवसाय गर्न पाउने बताए ।

उनले व्यवसाय गर्नका लागि नभइ सेयर धितो राखेर सेयरमै लगानी गर्नेलाई मात्रै उक्त सीमा तोकिएको बताए । सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने उनको भनाइ छ ।

‘मार्जिन प्रकृतिको कर्जाका सन्दर्भमा कसैले व्यवसाय निरन्तरताका लागि आफूसँग रहेको कुनै पनि कम्पनीको सेयर धितोको रुपमा राख्न सक्छ । त्यसमा अहिले तोकिएको करोडको सीमाले छुँदैन,’ उनले भने ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा कुनै व्यक्ति वा संस्थाले एउटा संस्थाबाट सेयर धितोमा बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो ।

‘कुनैपनि व्यक्तिले अनलाइन व्यवसाय सञ्चालन गरिरहेको र कुनै कम्पनीको २० करोड बराबरको सेयर भएमा सेयर धितोमा मूल्यांकनअनुसार कर्जा उपयोग गर्न पाउँछ ,’ गभर्नर अधिकारीले भने, ‘तर यहाँ रिसाइकल भएको भेटिएको छ । बैंकबाट कर्जा लिने अनि सेयर खरिद गर्ने, फेरि त्यो सेयर अर्को धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिने र अर्को डिम्याटबाट कर्जा लिने प्रवृत्ति देखिएकाले उक्त सीमा कायम गरिएको हो ।’
यस्तो सीमा अन्य देशहरुको तुलनामा धेरै राखिएको उनको भनाइ छ ।

‘मुलुकको अर्थतन्त्र आन्तरिक उत्पादनमा नभएर आयातमा निर्भर हुँदै गएको छ । भएको आन्तरिक स्रोत पनि सीमित व्यक्तिहरुको हातमा जिम्मा दिन हो भने अर्थतन्त्रलाई फरदर जग्र्राउनलाई ठहछ राष्ट्र बैंकले गरेको उनको भनाइ छ ।

अहिले सेयर मार्जिक कर्जामा सुधारको आवश्यकता देखिएकाले राष्ट्र बैंक नीतिगत सुधारको बाटोमा रहेको उनले बताए । लगानीकर्ताहरुले बैंकलाई सेयर धितो कर्जा दिन दबाबै दिएर सेयरमा लगानी गरेपछि राष्ट्र बैंकले सीमा निर्धारण गरेको भनाइ छ ।

‘कुनै विशेष व्यक्तिप्रति लक्षित नभइ सुधारका लागि राष्ट्र बैंकले गरेको नीतिगत प्रयास हो । ४÷१२ करोड भनेको सानो परिमाण पनि होइन,’ उनले थपे, ‘लगानाीकर्ताहरु बैंकमा आउने मलाई २५/५० करोड लोन चाहियो सेयरमा लगाउँछु भन्दै दबाब दिने धेरै थिए,’ उनले भने ।

2405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका