जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नबिल ब्यालेन्स फण्ड ३ भदौ २५ गतेबाट जारी हुने

नबिल ब्यालेन्स फण्ड ३ भदौ २५ गतेबाट जारी हुने

नबिल ब्यालेन्स फण्ड ३ भदौ २५ गतेबाट जारी हुने भएको छ। प्रति इकाइ १० रुपैयाँ दरका स्किम भदौ २९ गतेसम्म जारी गर्ने कम्पनीले जनाएको छ।

नबिल बैंक कोष प्रबर्द्धक रहेको र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना ब्यवस्थापक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत ब्यालेन्स फण्ड-३ सञ्चालन हुने छ। 

बन्दमूखि योजना १० करोड इकाइ जारी हुने छ। यसमध्ये १ करोड ५० लाख इकाइ नबिल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकले लिने छन्। यसमा पनि १ करोड ४० लाख इकाइ बैंकले लिने छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिने छ। कम्पनीले माग अधिक आएमा एक अर्ब २५ करोड रुपैयाँसम्मको इकाइ बिक्री गर्न सक्ने छ।

यसका लागि कम्तिमा १०० इकाइ र बढिमा एक करोड इकाइका लागि आवेदन दिन सकिन्छ। यसको अवधिक १० बर्षको हुने छ।  अहिले कम्पनीले नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्ड सञ्चालन गरिरहेको छ

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका