जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • प्रभु बैंकको ०.४३ प्रतिशत संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको ०.४३ प्रतिशत संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयरधनीले ०.४३ प्रतिशत सेयर बिक्रीमा राखेका छन्। बैंकको अहिले चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ छ।

यसको ५१ प्रतिशत संस्थापक सेयर छ। कुल संस्थापक सेयरमध्ये २ लाख ५२ हजार ७२८ कित्ता सेयर बिक्रीमा राखिएको हो। बैंकका अनुसार, किस्ट र ग्राण्ड बैंकका सेयरधनी (जो गाभिएर प्रभु बैंक बनेको हो) ले बिक्रीमा राखेका हुन्।

उनीहरुले न्युनतम मूल्य २१० रुपैयाँ निर्धारण गरेका छन्। सेयर खरीदका लागि भदौ २८ गतेसम्म मुक्तिनाथ क्यापिटलमा आवेदन दिइसक्नु पर्छ।

बैंकका अन्य संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणका लागि समेत हुने गरी लिलाममा राखिएको हो। सेयरको अंकित मूल्य १०० रुपैयाँ हो। २१० रुपैयाँका दरले बिक्री भएमा ५ करोड ३० लाख रुपैयाँको डिल हुने छ।

4320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?