जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • तरलता अभाव चुलिएपछि मंगलबार दिनभरी राष्ट्र बैंकबाट १७ अर्ब ९५ करोड सापटी चलाए बैंकले

तरलता अभाव चुलिएपछि मंगलबार दिनभरी राष्ट्र बैंकबाट १७ अर्ब ९५ करोड सापटी चलाए बैंकले

प्रणालीमा तरलता अभाव चुलिएपछि बैंकहरुले मंगलबार मात्रै १७ अर्ब ९५ करोड रुपैयाँ सापटी राष्ट्र बैंकसँग चलाएका छन्। यसको ब्याज दर ५ प्रतिशतको हुन्छ भने अवधि ७ दिनको हुन्छ।

अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसा नहुँदा बैंकहरुले धमाधम राष्ट्र बैंकसँग सापटी चलाउन थालेका हुन्। अहिले बैंकहरुले अन्तर बैंकमा पनि सापटी पाउन छाडेका छन्।

अन्तर बैंक सापटी उच्चतम ४.९६ प्रतिशतसम्म पुगेको छ। अधिकांस बैंक सापटी माग्ने अवस्थामा पुगेका छन्। केही केहीले मात्र सापटी उपलब्ध गराइरहेका छन्। बैंकहरुले ऋणपत्र खरीदमा ठूलो पैसा लगानी गरेकाले त्यो फिर्ता  नआउन्जेलका लागि राष्ट्र बैंकबाट सापटी लिएर तरलता ब्यवस्थापन गरिरहेका हुन्।

चालु आर्थिक बर्ष मात्रै बैंकहरुले एक खर्ब ५४ अर्ब ३५ करोड रुपैयाँ एसएलएफ चलाइसकेका छन्। मंगलबार ११ पटक एसएलएफ प्रयोग भएको छ। आइतबार बैंकिङ कारोबार खुल्दा १५ अर्ब ६० करोड रुपैयाँ एसएलएफ चलाएका हुन्। यसबाहेक बैंकले मंगलबार सवा ३ अर्ब बढि ओभरनाइट रिपो चलाएका छन्।

5385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?