जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेञ्चुरी बैंकको नाफा साढे २५% ले बढ्यो

सेञ्चुरी बैंकको नाफा साढे २५% ले बढ्यो

सेञ्चुरी बैंकको नाफा २५.४९ प्रतिशतले बढेकोछ । बैंकले कुल ६५ करोड रुपैयाँ नाफा गरेको छ। कात्तिकदेखि पुससम्मको तीन महिनामा बैंकको नाफा २७ करोड ९४ लाख रुपैयाँ छ।

बैंकको ब्याज आम्दानी पनि १४ प्रतिशतले बढेको छ। बैंकको पछिल्लो तीन महिनामा निक्षेप थोरै घटेको छ भने ऋण ९५ करोड रुपैयाँले बढेको छ।

असार मसान्तदेखि पुस मसान्तसम्म बैंकले ३ अर्ब २५ करोडले निक्षेप बढाउँदै २ अर्ब ५७ करोडले ऋण बढाएको छ। अहिले बैंकसँग निक्षेप ६१ अर्ब २४ करोड र ऋण ५९ अर्ब ५० करोड पुगेको छ।

बैंकको खराब ऋण ०.८४ प्रतिशतबाट १.६७ प्रतिशतमा उक्लिएको छ। आधार दर भने ११.५ बाट १०.३५ प्रतिशतमा झरेको छ। स्प्रेड ३.६३ बाट ४.७६ प्रतिशतमा उक्लिएको छ ।

8370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका