जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • विकास बैंक ऋणमा आक्रामक: सातामै ३ अर्ब ३७ करोड बढाए

विकास बैंक ऋणमा आक्रामक: सातामै ३ अर्ब ३७ करोड बढाए

 विकास बैंकहरुको निक्षेप एक सातामा एक अर्ब ६६ करोड रुपैयाँले बढेको छ। ऋण बिस्तार भने ३ अर्ब ३७ क रोड रुपैयाँ भएको छ। यो तथ्यांक राष्ट्रियस्तरका विकास बैंकहरुको हो।

RiddiSiddi


राष्ट्रिय स्तरका विकास बैंकहरुको भदौ १८ गतेसम्म कुल निक्षेप ४ खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ पुगेको छ। ऋण ३ खर्ब ६५ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

यता क्षेत्रीस्तरका विकास बैंकहरुको निक्षेप २५ करोड २७ लाख रुपैयाँले घटेको छ। ऋण भने ३६ करोड ३३ लाख रुपैयाँले बढेको छ। क्षेत्रीयस्तरका १० मध्ये ७ वटाको तथ्यांक हो। कुल ऋण ७२ अर्ब १७ करोड पुगेको छ भने ऋण ६७ अर्ब १७ करोड पुगेको छ। यसमा कर्पोरेट, साहारा र साल्पा विकास बैंकको तथ्यांक छैन।

कुल १५ टा निक्षेप एक अर्ब ४० करोडले बढेर ४ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ भने ऋण ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँले बढेर ४ खर्ब ३३ अर्ब रुपैयाँले बढेको छ।

3355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका