जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेप देखाउन पाउने

बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेप देखाउन पाउने

बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपको रुपमा देखाउन पाउने भएका छन् । तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न बैंकहरुले साविकको ५० प्रतिशतमा थप ३० प्रतिशत बढी रकम निक्षेप परिचालन गर्न पाउने भएका हुन् ।

अर्थमन्त्रालयका अर्थसचिव मधुकुमार मरासनीले अब बैंकहरुले २०७९ असार मसान्तसम्मको लागि स्थानीय तहको कोषको रकम निक्षेपको रूपमा परिचालन गर्न पाउने जानकारी दिएका हुन् ।

हाल बैंकहरुले स्थानीय तहको ५० प्रतिशत मात्रै निक्षेप परिचालन गरिरहेका थिए । तर बैंकिंग प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्न हालको स्थानीय तहको निक्षेप परिचालन सीमा ५० प्रतिशतलाई थप ३० प्रतिशत बढाएर ८० प्रतिशत कायम गरिएको अर्थसचिव मरासनीले जनाए ।

हालको तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न यो व्यवस्था गरिएको हो । यसबाट बैंकिंग प्रणालीमा तत्काल ५० अर्ब रुपैयाँ थप तरलता उपलब्ध हुने अर्थसचिव मरासनीले जनाएका छन् ।

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका