जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालय एयरलाइन्सको आजबाट चीनमा सिधा उडान

हिमालय एयरलाइन्सको आजबाट चीनमा सिधा उडान

हिमालय एयरलाइन्सले चीन उडानको नयाँ तालिका सार्वजनिक गरेको छ। कम्पनीले सातामा एउटा चीन उडान भर्ने छ।

एयरलाइन्स्ले बेइजिङका लागि कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गरेको छ। उडान सुरुवातसँगै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना भएको विज्ञप्तिमा उल्लेख छ।

सिधा उडानले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गर्ने बताइएको छ।

¥याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदार बाहादुर अधिकारी लगायत क्यान, पर्यटन बोर्ड, त्रिभुवन विमानस्थल कार्यालयका उच्चअधिकारीहरुको उपस्थिति थियो।

7665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?