
सरकारले नागरिक एपमा आवद्ध हुन विद्युतीय भुक्तानी सेवा प्रदायकलाई आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले एपमा आवद्ध हुन विद्युतीय भुक्तानी सेवा प्रदायकलाई आह्वान गरेको हो।
नागरिक एप मार्फत सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन विद्युतीय भुक्तानी सेवा आवश्यक भएकोले नेपाल सरकार द्वारा जारी नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८” को दफा४ को उपदफा४ मा व्यवस्था भए बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इच्छुक विद्युतीय भुक्तानी सेवा प्रदायक एवं भुक्तानी सेवा सञ्चालक संस्थाहरुलाई एपमा आवद्ध हुन केन्द्रले आग्रह गरेको हो ।
केन्द्र आज सूचना जारी गर्दै सात दिन भित्र केन्द्रमा सम्पर्क राख्न अनुरोध गरेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































