जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकले गर्यो घातक रोगको १० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले गर्यो घातक रोगको १० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले कपिलवस्तुका गुजराती राइदासको परिवारलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत ‘डायमण्ड श्रेणी’ को खाता खोलेकी राइदासको उपचारको क्रममा मृत्यु भएपछि उनको पतीलाई बीमा रकम भुक्तानी गरेको हो ।

निजको पति भगौती प्रसाद राइदासलाई यस बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका