जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ

गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ

गोर्खाज फाइनान्सको अध्यक्ष फेरिएका छन्। फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष र सञ्चालक दुवै पदबाट राजीनामा दिएका छन्।

बुढाथोकीले राजीनामा दिएपछि सञ्चालक समितिले कल्पना खापुङलाई मंगलबार अध्यक्ष चयन गरेको छ। खापुङलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको फाइनान्सले जनाएको छ।

फाइनान्सकी सञ्चालक नीलम बोहराले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी छन्। उनको राजीनामा सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका