जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मान-पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरिएको छ ।

यसै क्रममा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बीमा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै प्रवल जनसेवा श्री पदक प्राप्त गरेका हुन् ।

हिमालय रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखरले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । हिमालयन रिकै सञ्चालक तथा व्यवसायी साहिल अग्रवाल तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख लगानीकर्ता मोतिलाल दुगडले सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अम्बिका प्रसाद पौडेलले पनि सुप्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । नेपालको सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न मरणोपरान्त पुर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई प्रदान गरिएको छ ।

संविधान दिवसको अवसरमा पत्रकारहरु पनि मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित भएका छन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्रीबाट विभुषित भएका छन् ।

ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहालले कीर्तिमय राष्ट्रद्वीप प्राप्त गरेका छन् । यस्तै, प्रबल जनसेवाश्री पाउने पत्रकार/सञ्चारकर्मी/कार्टुनिष्टहरुमा बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार के।सी।, मुकुन्द दाहाल, दिलभूषण दाहाल, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, अनिता बिन्दु, डा. बालकृष्ण चापागाई, माधव ढुंगाना, प्रकृति अधिकारी, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताल रहेका छन् ।

जनसेवाश्री पाउने पत्रकार/फोटोपत्रकार/सञ्चारकर्मीहरूमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आँकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठ रहेका छन् ।

4945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।