जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सानिमा बैंकको थप दुई नयाँ शाखा विस्तार

सानिमा बैंकको थप दुई नयाँ शाखा विस्तार

सानिमा बैंक लिमिटेडले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा सानेपा कार्यालयको उद्धघाटन गरेका हुन् ।   

सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिए ।   

त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले हरिसिद्धि कार्यालयको उद्धघाटन गरेका हुन् । उक्त समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका