जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेप्सेमा भावी डेपुटी सीइओको रुपमा हेरिने पदमा ३ जनाको नाम सर्टलिस्ट

नेप्सेमा भावी डेपुटी सीइओको रुपमा हेरिने पदमा ३ जनाको नाम सर्टलिस्ट

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रबन्धक पदको लागि ३ जनाको नाम सर्टलिस्ट भएको छ  । लोकसेवा आयोगले लिएको लिखित परीक्षापछि आवेदन दिएका २६ जना मध्ये ३ जना अन्तर्वार्ताको लागि छनौट भएका हुन्  ।

अन्तर्वार्ताको लागि प्रविन प्रन्दाक, भीमप्रसाद उप्रेती र लिलाधर सुवेदी छनौट भएका हुन् । उनीहरु मध्ये प्रविन पन्दाक हाल नेप्से कै कार्यरत उच्च तहकी कर्मचारी हुन्  । हाल उनी कामु प्रबन्धक रहेकी छिन् ।

अब अन्तर्वार्ता र प्रस्तुतीकरणपछि यी ३ मध्येबाट १ जना नेप्सेको प्रबन्धक पदमा नियुक्त हुने छन्  । उनीहरुको अन्तर्वाता पुस ७ गते बेलुका ४:३० बजे तोकिएको छ  ।

नेप्सेमा प्रबन्धक भनेको १० औ तहको पद हो । हाल यस पदमा निरन्जन फुयाल रहेका छन् । उनी आन्तरिक बढुवाबाट  प्रबन्धक पदमा बढुवा भएका हुन् । १० औ तहमा २ जनाको दरबन्दी रहेकोले अब १ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुन लागेको हो।

नेप्सेमा ११ औ तह पनि रहेको छ । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ । हाल यो पद रिक्त छ ।  १० औ तहमा रहेका २ जना मध्ये बाट नै ११ औ तहमा  बढुवा हुने भएकोले १० औ तहलाई महत्वका साथ हेरिएको छ ।

तह ६,७, र ८ औ तहमा पदपूर्तिको लागि लिइएको लिखित परिक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएकाहरुको नतिजा पनि नेप्सेले प्रकाशन गरेको छ  ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका