जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सस्तो छ सामसुङको दशैँ तिहार अफर

सस्तो छ सामसुङको दशैँ तिहार अफर

आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् । 

जसमा आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्ने कम्पनीले जनाएको छ । 

आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ । ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् ।  

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । 

 कम्पनीका अनुसार सामसुङको फेस्टिभ अफर कार्तिक १७, २०७८ सम्म लागू हुनेछ । 

1965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?