जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • चाडपर्वमा कागजी नोट कम गर्न कनेक्ट आइपीएसको अभियान, मोबाइलबाट हुने कारोबार नि:शुल्क

चाडपर्वमा कागजी नोट कम गर्न कनेक्ट आइपीएसको अभियान, मोबाइलबाट हुने कारोबार नि:शुल्क

दसैंतिहार र छठका अवसरमा कनेक्ट आइपीएसमार्फत हुने कारोबारलाई नि:शुल्क बनाएको छ। मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङको कनेक्ट आइपिएसको फण्ड ट्रान्सफर र कनेक्ट आइपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड नि:शुल्क गरिएको हो।

यो बुधबारदेखि कात्तिक २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ। कागजी नोटलाई कम गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ। कम्पनीले यो प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्सफरमा मोबाइल प्ल्याटफर्मको प्रयोग बढ्ने विश्वास लिएको छ।

फण्ड ट्रान्सफर लगायतका विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्ट आइपिएसबाट गत आर्थिक वर्षमा आर्थिक वर्षमा १३.६ खर्ब रुपैयाँ बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको दाबी गरेको छ।

चालु आर्थिक वर्षको भदौसम्ममा ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको  कम्पनीको जिकिर छ

7065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?