जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२
  • होमपेज
  • कुमारी बैंकले डाक्यो साधारणसभा, बुक क्लोजको मिति पनि तय

कुमारी बैंकले डाक्यो साधारणसभा, बुक क्लोजको मिति पनि तय

कुमारी बैंकले आफ्नो २१ औं बार्षिक साधारणसभा डाकेको छ। बैंकको यहि असोज २५ गते बसेको संचालक समितिको बैठकले कात्तिक १६  गतेका लागि साधारणसभा डाकेको बैंकले जनाएको छ। 

साधारणसभा प्रयोजनार्थ बैंकले यहि कात्तिक ८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।

गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।

8885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका