जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकले ल्यायो ५ वर्षसम्म ब्याज स्थिर हुने घर कर्जा

एनएमबि बैंकले ल्यायो ५ वर्षसम्म ब्याज स्थिर हुने घर कर्जा

एनएमबि बैंक लिमिटेडले साढे ८ प्रतिशत ब्याजमै घरकर्जा दिने भएको छ। बैंकले यो ब्याज दर पाँच वर्षसम्म स्थिर राख्ने छ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी बैंकले ५ वर्षसम्म एउटै ब्याजदर रहने घर कर्जा ल्याएको हो। यो ऋण २५ वर्षसम्मको लागि लिन सकिन्छ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमै ऋण दिने छ। यो ब्याज बैंकको लागत अनुसार (बेस रेट) तलमाथि हुन सक्छ। जस्तो तरलता बढेर आधार दर घट्यो भने ब्याज अझै घट्छ। यदि तरलता अभाव भएर आधार दर बढ्यो भने ब्याज माथि जान सक्छ।

मानौं कुनै ऋणीले २५ वर्षका लागि ५० लाख रुपैयाँ ऋण लियो भने (पाँच वर्षपछि पनि ८.५ प्रतिशत नै ब्याज कायम रह्यो भने) मासिक किस्ता ४०२६२ रुपैयाँ तिरे हुन्छ। अझ फिक्स नभएको अहिलेको ब्याज ७.९९ प्रतिशतको ब्याजमा ऋण लिए मासिक ३८५५८ रुपैयाँ तिर्नु पर्ने हुन्छ।

‘ग्राहकले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्‍याउने छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्र बैंकको नीति अनुसार घर कर्जा डेढ करोड रुपैयाँसम्म लिन सकिन्छ।

बैंकको देशभरीका १८१ शाखाबाटै ऋण लिन सकिन्छ। बैंकको देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू छन्।

8125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?