जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नेपाल बङ्गलादेश क्यापिटलको नायब महाप्रबम्धकमा महत नियुक्त

नेपाल बङ्गलादेश क्यापिटलको नायब महाप्रबम्धकमा महत नियुक्त

नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबम्धक पदमा २०७८ बैशाख २ गतेका दिन देखि कार्यभार सम्हाल्ने गरि राम कुमार महतलाई नियुक्त गरिएको छ । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ ।

नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुती तथा संस्थागत परामर्शदाताका रुपमा काम गर्ने कम्पनीले बताएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानूनी अस्तित्व प्राप्त गरेर धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो ।

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका