जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • सरकारी दुवै बैंकको नाफा उच्च दरले बढ्यो, नेपाल बैंकको साढे ७५ करोड, वाणिज्य बैंकको अर्ब नाघ्यो

सरकारी दुवै बैंकको नाफा उच्च दरले बढ्यो, नेपाल बैंकको साढे ७५ करोड, वाणिज्य बैंकको अर्ब नाघ्यो

सरकारी स्वामित्वका दुई वाणिज्य बैंकको नाफामा पनि उच्च सुधार देखिएको छ। नेपाल बैंकले ३७ प्रतिशतले नाफा बढाएको छ भने राष्ट्रिय वाणिज्य बैकले २६.६९ प्रतिशतले बढाएको छ।

दुवै बैंकले सोमबार सार्वजनिक गरेको चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार, स्प्रेड दर घटेको छ।

नेपाल बैंकले ७५ करोड ४८ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी १२ प्रतिशतले बढेको छ भने ऋण ९ प्रतिशतले वृद्धि भएर एक खर्ब ४८ अर्ब  रुपैयाँ नाघेको छ। बैंकको स्प्रेड दर ४.३८ प्रतिशतबाट घटेर ३.६९ प्रतिशतमा आएको छ।

यता राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ३४ करोड नाघेको छ।

6145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका