जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सेञ्चुरी क्यापिटलको ४.२०% लाभांश प्रस्ताव, कात्तिक ६ का लागि बोलायो चौथो साधारणसभा

सेञ्चुरी क्यापिटलको ४.२०% लाभांश प्रस्ताव, कात्तिक ६ का लागि बोलायो चौथो साधारणसभा

सेञ्चुरी क्यापिटल लिमिटेडले ४.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसका लागि चौथो वार्षिक साधारणसभा आगामी कात्तिक ६ मा कमलादी प्लाजामा गर्ने भएको छ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको करसहित हुन आउने ८४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीमा सेञ्चुरी बैंकको शतप्रतिशत लगानी छ। प्रस्तावित लाभांश पारित भएर बैंकले पाउनेछ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव छ ।

7275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार