जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकविरुद्ध हमला गरेर अर्थतन्त्र समाप्त पार्न खोजियो’: ओली

बैंकविरुद्ध हमला गरेर अर्थतन्त्र समाप्त पार्न खोजियो’: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र धरासायी बनाउन केही व्यक्तिहरुले अभियान नै चलाएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंलाई टार्गेट गर्दै ओलीले बैंकविरुद्ध हमला गरेर प्रसाईंले अर्थतन्त्र समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् ।

ओलीले केही व्यक्तिले देशको अर्थतन्त्र समाप्त पार्नकै लागि नियोजित रुपमा बैंकविरुद्ध हमला गरेको बताएका छन् । त्यस्ता व्यक्तिले मानिसहरुको निक्षेप डुबोस्, बैंकहरु पनि डुबुन् र सबै आयोजनाहरु बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने चाहेर यस्तो अभियान चलाएको आरोप लगाएका छन् । योसँगै ओलीले मुलुकको अर्थतन्त्र नै कोल्याप्स हुनेगरी भएका गतिविधिविरुद्ध सरकारको कुनै सोच नभएको पनि बताएका छन् ।

मंगलबार बैंकको पक्षमा अभिव्यक्ति दिएका ओलीले गत माघमा भने बैंकहरु मिटरब्याजी भएको टिप्पणी गरेका थिए ।

590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका