जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको  दोलखा शाखाले बिगु गाउँपालीका वडा नं ६ आपम्पुकी छत्रीमाया थामीको मृत्यु दाबी भुक्तानी गरेको हो ।

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख राजकुमार गिरीले मृतकका श्रीमान बलमान थामीलाई १० लाख ३७ हजार ५ सय रुपौयाँको चेक हस्तान्तरण गरेको हो ।

मृतक छत्रीमाया थामीले २०७७ कार्तिक १५ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेकी थिइन् । थामीको गत बैशाख १४ गते मृत्यु भएको थियो । 

कम्पनीले सदस्यको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुन आउने १० लाख ३७ हजार ५ सय रुपैयाँ प्रदान गरेको  जनाएको छ ।

उक्त रकमको चेक नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दीपसङ्कर चौलागाईंको रोहवरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख राजकुमार गिरीले प्रदान गरेका हुन्

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका