जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् ।

काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

3980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका