जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्धारा अभिकर्ता रिफ्रेसमेन्ट तथा मोटिभेशनल तालिम सम्पन्न

रिलायबल नेपाल लाइफद्धारा अभिकर्ता रिफ्रेसमेन्ट तथा मोटिभेशनल तालिम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेशनल तालिम दिएको छ । एकदिने तालिम जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको हो । तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध ४० जना अभिकर्ताहरुको सहभागी रहेका थिए ।

संस्थाले आफ्ना अभिकर्ताहरुलाई पुनतार्जगी तथा उत्प्ररेणा बृद्धि हुने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको जनाएको छ ।

उक्त तालिममा नेपाल लाइफ इन्स्योरेन्सका रिजनल म्यानेजर राजकुमार गिरीले मिलियम डलर राउण्ड टेबल (एमआरडिटी सहित व्यवसायिक सफलता कसरि हासिल गर्न सकिन्छ भन्ने बिषयमा रिलायबल अभिकर्ताहरुलाई जानकारी गराएका थिए । उनले अभिकर्ताहरुले बिमा क्षेत्रमा काम गर्दा आउने समस्यालाई कसरी हल गर्न सकिन्छ र असल र सफल अभिकर्ता बन्न के–कस्ता कार्यहरु गर्नुपर्छ भन्ने बारेमा पनि तालिममा सहभागी अभिकर्ताहरुलाई जानकारी दिए ।

8810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका