जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा शुक्रवार सम्पन्न भएको छ। कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास उप्रेतिले गरेका थिए । 

उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । उप क्षेत्रिय प्रमुख श्री गुन्जन थापाले सञ्चालन गरेका उक्त कार्यक्रममा बीमाको महत्व बारे क्याम्पस प्रमुख बिकास ऊप्रेति र मन्तब्य प्राध्यापक टिकाराम घिमिरेले दिएका थिए । 

त्यसैगरि पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अर्को कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख पुष्पराज कोइरालाले दिएका थिए । उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका केन्द्रिय सदस्य बिनु कर्माचार्यले गरेका थिए भने कार्यक्रम सञ्चालन बनेपा कार्यालय प्रमुख रिकेश कायस्थले गरेका थिए । 

सोही दिन कम्पनीले भिम मावि म्याग्दी पालिका ५ देविस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक  डम्बर बहादुर घर्ति मगरले गरेका थिए भने प्रमुख अतिथि कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । 

4190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?