जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत बढेपछि खुद नाफा र ईपीएस पनि वृद्धि

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत बढेपछि खुद नाफा र ईपीएस पनि वृद्धि

सिटिजन्स बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो।

 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको हो। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी हो।

उपलब्ध वितरणयोग्य मुनाफाका आधारमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि १० प्रतिशत लाभांश दिने क्षमता छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको हो। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १.५१ रुपैयाँ बढेर १५.८५ रुपैयाँ पुगेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४५.३९ रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ। बैंकको जगेडा कोषमा ४ अर्ब ८४ करोड रुपैयाँ छ र कुल एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा बैंकले सञ्चित गरेर राखेको छ

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका