जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष पनि लाभांश नदिने

सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष पनि लाभांश नदिने

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश प्रस्ताव वाहेकनै गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको हो ।

२०७७ साल असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी असोज ३० गते बाँडफाँट गरेको कम्पनीले गत वर्ष पनि लगानीकर्ताहरुको हात खाली बनाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ४३ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोषमा रू. ९ करोड ६६ लाखभन्दा बढी रकम सञ्चित छ ।

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?