जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुमार्गीको टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्बोच्चद्धारा सदर

सुमार्गीको टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्बोच्चद्धारा सदर

विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको लाइसेन्स खारेज गर्ने दूरसंचार प्राधिकरणको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको टेलिकम कम्पनी हेलो नेपालको लाइसेन्स अब खारेज भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको सञ्चालक नेपाल स्याटेलाइट टेलिकम कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण वोर्ड बैठकले झन्डै ८० करोड रुपैयाँ बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो। कम्पनीले ‘हेलो नेपाल’ मार्फत पश्चिम नेपालमा दूरसञ्चार सेवा विस्तार गरेको थियो ।

प्राधिकरणले गरेको निर्णयलाई लिएर नेपाल स्याटेलाइट कम्पनीका अध्यक्ष रहेको सुमार्गी सर्बोच्च अदालत गएका थिए । सर्बोच्च अदालतका न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको सयुक्त इजलाशले प्राधिकरणको पक्षमा फैसला सुनाएपछि हेलो नेपाल अब बन्द हुने निश्चित भएको छ ।

अदालतले दूर सञ्चार ऐन २०५३ अनुसार अनुमतिपत्र खारेज गरेको अवस्थामा सरकार समक्ष उजुरी गर्न पाउने व्यवस्था रहेको र बुझाउनुपर्ने रकम नबुझाएर आलटाल गरेको भन्दै गर्नुपर्ने कारवाही कानून अनुसार भएको सर्बोच्चले ठहर गरेको छ ।

नेपाल स्याटेलाइटलाई प्राधिकरणको निर्णय विरुद्द सूचना तथा संचार मन्त्रालयमा पुनरावलोकनको लागि निवेदन दिनुपर्छ । ५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था ऐनमा छ ।

9735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?