जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंक अब लमजुङको बेसीसहरमा

सानिमा बैंक अब लमजुङको बेसीसहरमा

सानिमा बैंक लिमिटेडले आज जेठ ८ गते लमजुङको बेसीसहर–७ त्रिवेणी टोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रुपमा गरेका छन्।

उद्घाटन समारोहमा मह जोडीले लमजुङको बेसीसहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका