जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • राष्ट्रिय जनगणना २०७८ सम्पन्न, नेपालको जनसंख्या करिब तीन करोड पुग्ने अनुमान

राष्ट्रिय जनगणना २०७८ सम्पन्न, नेपालको जनसंख्या करिब तीन करोड पुग्ने अनुमान

केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको जनाएको छ । विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको जनाएको हो ।

विभागका अनुसार घर तथा घर परिवार सूचीकरण कार्यमा ६८ लाख परिवारको गणना भएको अवस्था छ । जुन २०६८ सालको जनगणनाा अनुसार प्रक्षेपण गरिएको करिब नजिक रहेको छ । अनुमानित जनसंख्याका केही तलमाथी भए पनि अनुमानित जनसंख्या करिब ३ करोड पुग्ने अनुमान गर्न सकिन्छ । 

विभागले जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसङ्ख्या दुई करोड ८५ लाखदेखि तीन करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको जनाएको छ । विभागका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्याङ्क कम्प्युटरमा अपलोड गर्न ६ देखि ९ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाउनेछ ।

विभागका अनुसार नेपालको कुल जनसङ्ख्या, महिला र पुरुषको कुल सङ्ख्या भने दुईदेखि तीन महिनामा आइसक्नेछ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्याङ्क विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ । 

5320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका